सीसीएमसीकाे टोलीद्वारा कोरोनाको उच्च जोखिममा रहेको झापामा अनुगमन

२९ साउन, काठमाडौं
कोरोनाको उच्च जोखिममा रहेको झापामा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको टोलीले अनुगमन गरेको छ ।

पछिल्लो समय झापामा दैनिक कम्तीमा डेढ सयदेखि साढे तीन सयसम्म कोरोना संक्रमित थपिन थालेका छन् भने संक्रमणपछि मृत्यु हुनेको ५ सय नाघिसकेको छ ।

निषेधाज्ञाका वीचमा पनि संक्रमणदर र मृत्युदरमा कमी नआएपछि सीसीएमसीको टोलीले जिल्लास्तरीय कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीएमसी) का पदाधिकारीसँग छलफल गरेको छ ।

सीसीएमसीको टोलीले जिल्लामा कोरोना संक्रमणको अवस्था बुझ्दै संक्रमण रोकथाम तथा नियन्त्रणको विषयमा छलफल गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । सीसीएमसीका प्रमुख पूर्व रथी बालानन्द शर्मासहित पुगेको टोलीले संक्रमणदर रोकथामका लागि कडाइका साथ लाग्न डीसीएमसीका प्रतिनिधिहरूलाई सुझाव दिएको छ ।

टोलीले सीमा नाकाबाट नेपाल प्रवेश गर्नेलाई कसरी नियन्त्रण गर्ने, उपचार र खोपको अवस्था कस्तो छ भन्नेबारे पनि अनुगमन गरे फर्किएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here