नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजीनामा

२९ साउन, काठमाडौं
नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यले शुक्रबार सामूहिक राजीनामा दिएका छन् ।

पार्टीले आफूहरुलाई अपहेलना गरेको भन्दै उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा जारी केन्द्रीय समिति बैठकमा राजीनामा दिएका हुन् । कृष्णकिशोर घिमिरेले सभापति देउवालाई संयुक्त राजीनामापत्र बुझाएका थिए ।

सामूहिक राजीनामा दिनेहरूमा नन्दनकुमार दत्त, कुमार खड्का, बालकृष्ण पाण्डेय, गोरख (आनन्द) विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत रहेका छन् ।

यस्तैगरी केन्द्रीय सदस्यहरु सुधीरकुमार शिवाकोटी, मनोहरनारायण श्रेष्ठ, ध्रुव वाग्ले, मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ, अभिषेख प्रताप शाह, दयाराम पाण्डे, जनकराज कलौनी, भूमिबहादुर (विश्व) गुरुङ, आशाराम चौधरी, दिलीप राई र राजेश बहादुर सिंहले पनि राजीनामा दिएका छन् ।

पार्टीमा पदाधिकारी र पूर्वपदाधिकारी वडाबाट नै चुनाव लडेर आउनुपर्ने, क्षेत्रीय सभापति र जिल्ला सभापतिमा एक व्यक्ति एक पटक मात्र लड्न पाउनुपर्ने माग उनीहरुको छ । उनीहरुले आमन्त्रित केन्द्रीय सदस्यको व्यवस्था विधानबाट नै हटाउन भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here