देशभर ३२ लाख २३ हजार बढीले कोरोना विरुद्ध पूर्ण खोप लगाए

२९ साउन, काठमाडौं
नेपालमा हालसम्म ३२ लाख २३ हजार बढीले कोरोना भाइरस बिरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउँसो २ बजेसम्म ३२ लाख २३ हजार ६९३ जनाले खोपको पूर्ण मात्रा लगाएका जनाएको छ । कोभिड १९ बिरुद्धको खोपको पहिलो मात्रा लगाउनेको संख्या ४६ लाख ५९ हजार ४१४ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ३ लाख ६७ हजार ३४१ जनाले खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १८ लाख ६८ हजार ४२५ जनाले कोभिसिल्डको पहिलो र ७ लाख २४ हजार ९९२ जनाले कोभिशिल्डको दोस्रो मात्रा लगाएका छन् । यस्तैगरी २७ लाख ९० हजार ९८९ जनाले भेरोसेलेको पहिलो र १२ लाख ३५ हजार ७८३ जनाले दोस्रो मात्रा लगाएका छन् ।

एक मात्रा मात्र लगाए पुग्ने जोनसन एण्ड जोनसनको खोप १२ लाख ६३ हजार ९१८ जनाले लगाएका स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । नेपालमा हाल कोभिशिल्ड, जोन्सन एण्ड जोन्सन र भेरोसेल गरी तीन प्रकारका खोप सञ्चालमा छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here