२९ साउन, काठमाडौं
गृह मन्त्रालयले कोरोना महामारीको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुलाई कोरोनाको उपचारका लागि सूचिकृत गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई, स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रको अनुरोधमा गृहले अस्पताहरुलाई सूचीकृत गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई अनुरोध गरेको हो ।
आवश्यकताको आधारमा आइसोलेशन सेन्टर र मेडिकल कलेजहरु सूचिकृत गरि एचईओसीमा इमेलमार्फत पठाउन, सुचिकृत अस्पतालमा संक्रमितको दैनिक विवरण अध्यावधिक गर्न, सूचिकृत अस्पतालहरुको नियमित सुपरिवेक्षण अनुगमन गर्न पनि गृहले भनेको छ ।
हाल संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको तथा अस्पतालमा बेडहरु भरिदै गइरहेको अवस्थाले अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यकता देखिएको गृहले जनाएको छ ।
गृहले अस्पताल सूचीकरण तथा सुपरिवेक्षण सम्बन्धमा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्र यस्तो छ :