सर्लाहीमा टिपरको ठक्करबाट एकजनाको मृत्यु

२९ साउन, काठमाडौं
सर्लाहीमा टिपरले ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।

लालबन्दी नगरपालिका–२ नवलपुरमा ना ७ ख ८२९३ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिंदा जुटपानीका ४० बर्षीय रामललित महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । महतोलाई बागवानी जंगलबाट घाँस लिएर मोटरसाइकलमा घर फर्कँदै गर्दा टिपरले ठक्कर दिएको थियो ।

ठक्कर दिएपछि टिपर चालक फरार रहेका प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीय र मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका छन् । आक्रोसित स्थानीयको भिड नियन्त्रण गर्न भन्दै प्रहरीले अश्रृग्याँस समेत प्रहार गरेको छ ।

त्यस क्षेत्रमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्त र स्थानीयले टिपर चालकलाई पक्राउ गरी उचित क्षतिपूर्ति दिन माग गर्दै नारावाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here