एकैदिन झण्डै चार हजार कोरोना संक्रमित थपिए, २७ जनाकाे मृत्यु

२९ साउन, काठमाडौं
नेपालमा आज एकैदिन झण्डै ४ हजार कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा १८ हजार ५८२ नमुना परीक्षण गर्दा ३ हजार ९१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरणमा उल्लेख छ ।

आज २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस अवधिमा २ हजार ११८ जना संक्रमति निको भएका छन् । देशभर अहिले ३८ हजार ७९८ जना सकृय संक्रमित छन् ।

७३६ जनाको आइसीयूमा उपचार चलिरहेको छ । १८६ जना भेन्टीलेटरमा रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here