चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक

२९ साउन, काठमाडौं
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकले कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ मौद्रिक नीति ल्याएको छ ।

केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् । सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई आधार बनाएर मौद्रिक नीति सार्वजनिक गरिएको जानकारी दिए ।

मौद्रिक नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विशेष चासोका साथ सम्बोधन गरिएको छ । कोरोनाले समस्यामा पारेको सार्वजनिक यातायातको मर्मतसम्भारका लागि थप २ लाख रुपैँयासम्म ऋण दिने व्यवस्था गरिएको छ ।

स्थिर विनिमय दरको व्यवस्था, वित्तीय स्रोत परिचालनको दायरा फराकिलो बनाइएको छ भने ब्याजदर करिडोरको तल्लो सीमालाई १ प्रतिशतबाट बढाएर २ प्रतिशत कायम गरिएको छ । ब्याजदर स्थायित्व कामय हुने गरी मौद्रिक नीतिमा व्यवस्था गरिएको छ ।

वाणिज्य बैंकका अतिरिक्त विकास बैंक तथा वित्त कम्पनीहरुले ऋणपत्र जारी गर्न पाउने व्यवस्था नीतिमा गरिएको छ ।

आर्थिक बर्ष २०७८/७९ काे माैद्रिक नीति

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here