कोरोना जाेखिम : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तलाई विदाई गर्न जान नपाइने

२९ साउन, काठमाडौं
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफन्तलाई विदाई गर्न जान रोक लगाइएको छ ।

नागरिक उड्डयन प्राधिकरणले शुक्रबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ को जोखिम उच्च रहेकाले विमानस्थल परिसरभित्र विदाई कार्यक्रममा रोक लगाएको जनाएको छ । ‘ विमानस्थलमा भिडभाड कम गर्नको लागि विमास्थल हाताभित्र विदाई कार्यक्रमलाई निरुत्साहित गर्न अत्यावश्यक अवस्थामा बाहेक विमानस्थल प्रवेश नगरि सहयोग गरिदिन’ विज्ञप्तिमा उल्लेख छ ।

यस्तैगरी विमानस्थलमा आवतजावत गर्दा अनिवार्य मास्क र स्यानीटाइजरको प्रयोग गर्न, शरीरको तापक्रम मापन गराएर मात्र टर्मिनल भवनभित्र प्रवेश गर्न, लाईनमा बस्दा भिडभाड नगरी तोकिएका मार्किङ पछ्याउन र अन्य स्थानमा रहँदा वा बस्दा समेत भौतिक दुरी कायम गर्न पनि अनुरोध गरिएको छ ।

प्राधिकरणले कोभिड १९ को संक्रमणको जोखिमबाट आफू बच्न र अरुलाई पनि बचाउन स्वास्थ्य सुरक्षा सतर्कता मापदण्ड अपनाउन विमानस्थलबाट यात्रा गर्ने हवाई यात्रुहरु, विमानस्थल सुरक्षाकर्मी, वायुसेवाका कर्मचारी, नागरीक उड्डयन कार्यालयका कर्मचारी तथा विमानस्थलमा खटिएका विभिन्न सरकारी कार्यालयका कर्मचारी र अन्य संघसंस्थाका कर्मचारीलाई पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here