ट्रकको ठक्करबाट घाइते भइन् मेनकाकली

२९ साउन, काठमाडौं
बाराको आधाभार जंगलमा ट्रकले ठक्कर दिंदा पर्सा राष्ट्रिय निकुञ्जको मेनकाकली हात्ती घाइते भएकी छिन् ।

बिहिबार राति ना ५ ख ३५५७ नम्बरको ट्रकले मेनकाकलीलाई ठक्कर दिएर घाईते बनाएको हो । मेनकाकली ६५ वर्षकी भइसकेकी छिन् । ट्रकको ठक्करबाट हात्तीको माहुते ३२ वर्षीय पवन सिंह पनि घाइते भएका छन् । उनको वीरगञ्जमा उपचार भइृरहेका निकुञ्जले जनाएको छ ।

घाईते हात्ती ३ घण्टापछि विस्तार आफैं उठेर हात्तीसारतिर गएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । कन्टेनर चालक मकवानपुर थाहा नगरपालिका– १ बस्ने सञ्जित वाईवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

संरक्षित जनवार हात्तीलाई ठक्कर दिने ट्रक चालकलाई राष्ट्रिय निकुञ्ज ऐन अनुसार कारबाहीका लागि बारा जिल्ला अदालतमा पेश गरिने निकुञ्जले जनाएको छ । निकुञ्जले मेनकाकलीको चितवनबाट पशुचिकित्सक बोलाएर उपचार गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here