२९ साउन, काठमाडौं
प्रहरीले ठूलो परीमाणको लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाव कपनको टोलीले बूढानीलकण्ठ नगरपालिका–१० जोरधारा बस्ने उदयपुरका ३० वर्षीय शिव कुमार गिरी र बूढानीलकण्ठ –१२ मुस्कान चोक बस्ने सिन्धुपाल्चोक का ४२ वर्षीय बुद्ध गुरुङलाई पक्राउ गरेको हो । उनीहरुको कोठामा खानतलासी गर्दा नियन्त्रित लागुऔषध तीन हजार दुई सय एम्पुल र ट्याब्लेट फेला पारेको कपन प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरु लागुऔषध कारोवारी रहेको खुलेको छ । दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिइन् ।