बालुवाटारमा धर्ना दिन गएका शिक्षकहरु प्रहरीको नियन्त्रणमा

२९ साउन, काठमाडौं
विभिन्न माग राखी प्रधानमन्त्री निवास बालुवाटार अगाडी धर्ना दिन पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अधिकार र कर्तव्यका लागि शिक्षक एकता भन्ने नारासहित शुक्रबार धर्ना कार्यक्रममा सहभागी हुन बालुवाटार पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले ५० जना भन्दाबढी शिक्षकलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त, मालीगाउँमा राखिएको जनाएको छ ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा वार्षिक बजेटको २० प्रतिशत शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने, शिक्षण पेशालाई सम्मानित बनाइनुपर्ने, शिक्षकको सामूहिक रुपमा बढुवा गराइनुपर्ने, द्वन्द्वपीडित शिक्षकहरुको समस्या समाधान गरिनुपर्ने लगायतका माग गर्दै उनीहरु धर्ना कार्यक्रममा सहभागी हुंदै थिए ।

महासंघले आफ्ना मागहरु पुरा गराउन दबाब दिंदै गत बैशाखदेखि आन्दोलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here