दक्षिण कोरिया जाने नेपालीलाई कोरोनाको खोप दिइने

२९ साउन, काठमाडौं
सरकारले दक्षिण कोरिया जाने नेपालीलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्मा र स्वास्थ्य मन्त्रालयका अधिकारीबीच शुक्रबार भएको छलफलमा इपीएस अन्तर्गत भाषा परीक्षा पास गरेका ३५ सय युवालाई खोप दिने निर्णय भएको हो ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत राष्ट्रीय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना जारी गर्दै रोजगारी वा अन्य शिलशिलामा दक्षिण कोरिया जाने नेपालीलाई खोपको व्यवस्था गरिएको जानकारी गराएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र सैनिक अस्पताल छाउनीमा जोनसोन एण्ड जोनसोनको खोप दिने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

खोप लगाउन जाँदा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने जस्ता स्वास्थ्यको मापदण्ड पालना गर्न नभुल्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

लामो समयदेखि कोरोना महामारीका कारण इपीएस पास गरेका युवा कोरिया जान पाएका थिएनन् । पछिल्लो समय भने खोप अनिवार्य गरिएपछि सरकारले कोरिया जानेलाई खोप दिएर त्यहाँ जान सहज बातावरण बनाइदिन लागेको हो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here