बलात्कार प्रयास गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

२९ साउन, कपिलवस्तु ।

रुपन्देहीमा महिलालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा एकजना गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला रहेका छन् । उनले एक महिलालाई व्यक्तिगत समस्या समाधान गरिदिने प्रलोभन दिएर घर बोलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ ।

रुपन्देहीका डीएसपी सत्यनारायण थापाका अनुसार स्थानीय एक महिलाको उजुरीका आधारमा उनलाई बिहीबार नियन्त्रणमा लिइएको हो । शुक्ल सिके राउत नेतृत्वको जनमत पार्टिका उपाध्यक्षसमेत हुन् ।

महिलाले दिएको उजुरीको आधारमा पक्राउ परेका अध्यक्ष शुक्लामाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी थापाले अनलाइनखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here