२८ साउन, काठमाडौं
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको यस महिनाको वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ ।
फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ६८ औं स्थानमा उक्लिएको छ । अघिल्लो वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा रहेको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ ।
नेपाल भन्दा भारत १ सय ५ र माल्दिभ्स १ सय ५८ औं स्थानमा रहेको छ । बंगलादेश १८८ औं, भुटान १८७ औं, पाकिस्तान १९८ औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् ।
वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ । यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा इटाली रहेका छन् । अर्जेन्टिना छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, मेक्सिको नवौं र अमेरिका दशौं स्थानमा रहेका छन् ।