बागमती प्रदेश युवा परिषदका सदस्यहरुको सपथ

२८ साउन, काठमाडौं
बागमती प्रदेश युवा परिषद्का नवनियुक्त सदस्यहरुले बिहिबार शपथ ग्रहण गरेका छन् । सामाजिक बिकास मन्त्री सरस्वती बस्नेतले परिषदका मनोनित सदस्यहरुलाई शपथ ग्रहण गराएकी हुन् ।

मनोनित सदस्यहरुको नियुक्ति तथा सपथ ग्रहणसँगै परिषद्ले पुर्णता पाएको छ । सामाजिक बिकास मन्त्रालयले सदस्यहरुमा इच्छा कुमारी राउत, केदार आचार्य, राधाकृष्ण गिरी, श्याम सुन्दर शिवाकोटी, नम्रता महर्जन, बसन्त न्यौपाने, छोटी लामा, सुदिप गौतम, प्रिती श्रेष्ठ, डालिया नेपालीलाई नियुक्त गरेको छ ।

प्रदेश युवा परिषद् ऐन २०७६ अनुसार मन्त्रालयले उपाध्यक्ष सहित युवाको हक हितको संरक्षणमा योगदान पुर्याएका कम्तीमा महिला तिन जनासहित ६ जना र उद्योग , श्रम, कृषि, खेलकुद, बिज्ञान, प्रबिधि, सुचना सञ्चार लगायत वातावरण, साहित्य तथा कलाको क्षेत्रबाट प्रतिनिधीत्व हुने गरी चार जना र लैंगिक तथा यौनिक अल्पसँख्यक मध्येबाट १ जना गरि मनोनित ११ जना सदस्यहरु नियुक्त गर्ने व्यवस्था छ ।

गएको असार ४ गते परिषद्को उपाध्यक्षमा सन्तोष चौलागाइ नियुक्त भएका थिए । तर सदस्यहरुको नियुक्ति नहुँदा परिषद्ले पुर्णता पाउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here