हिमाञ्चल पहिरोमा पुरिएका १४ जनाको शव निकालियो

२८ साउन, एजेन्सी
भारतको हिमाञ्चल प्रदेशमा पहिरोमा पुरिएका १४ जनाको शव भेटिएको छ ।

बिहिबार पहिरोमा पुरिएका थप ४ शव निकालिएको अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । १३ जनाको गम्भिर घाईते अवस्थामा उद्धार गरिएको छ । अझैपनि कयौं मानिस पहिरोमा पुरिएको आशंका गरिएको छ । उद्दार कार्य जारी रहेकाे छ ।

किन्नोर जिल्लाको भावानगरमा रहेको निगोसारी र चौराको बीचमा बुधबार अचानक एउटा पहाड चर्केर ठुलो पहिरो खसेको थियो । समाचार एजेन्सी पिटिआईले हिमाञ्चल विपद् व्यवस्थापन विभागका निर्देशक सुदेश कुमार मोखतलाई उद्धृत गर्दै हिमाञ्चल सडक निगमको बस र केही अन्य सवारी साधन समेत पहिरोमा पुरिएको जनाएको छ ।

पछिल्ला दिनहरुमा हिमाञ्चल प्रदेश र उत्तराखण्डमा श्रृँखलाबद्ध रुपमा पहिरोका घटनाहरु भइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here