२८ साउन, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५३ जना कर्मचारीको समायोजन मिलान गरेको छ ।
समायोजन मिलानका लागि तीन हजारभन्दा बढीको आवेदन परेको थियो । मन्त्रालयले हाललाई १५३ जना कर्मचारीको समायोजन मिलान गरिएको जनाएको छ ।
कर्मचारीले काम गरिरहेको पालिका, प्रदेश र संघ तथा जान चाहेको पालिका, प्रदेश र संघ दुवैको अनुमतिपत्रका आधारमा मन्त्रालयले कर्मचारी मिलानको छैटौं सूचि सार्वजनिक गरेको छ ।
मन्त्रालयले दुवैतर्फको सहमति ल्याउने कर्मचारीको समायोजन मिलान नियमित हुने पनि जनाएको छ । यसअघि पनि विभिन्न चरणमा कर्मचारी समायोजन भइसकेको छ ।
समायोजन मिलान/कामकाजको लागि सिफारिस भएका कर्मचारीहरुको विवरण (छैटौं सूची)