चौबिस घण्टामा १५ हजार परीक्षण गर्दा ३ हजार नयाँ संक्रमित

२८ साउन, काठमाडौं
नेपालमा गत २४ घण्टामा १५ हजार परीक्षण गर्दा ३ हजार कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार थप १५ हजार ४६२ जनामा कोरोना परीक्षण गर्दा ३ हजार २६० जनामा संक्रमण पुष्टि भएको हो । आज थप ३२ जना कोरोना संक्रमतिको मृत्यु पुष्टि भएको छ भने २ हजार २९४ जना निको भएका छन् ।

अहिले देशभर ३८ हजार १८० जना सकृय संक्रमित छन् । तिमध्ये ३४ हजार ८३८ जना होम आइसोलेशनमा तथा ३ हजार ३४२ जना संस्थागत आइसोलेशनमा छन् । गम्भिर अवस्थका ७३७ जना संक्रमित सघन उपचार कक्ष अर्थात आइसीयूमा र १८३ जना भेन्टिलेटरमा उपचाररत रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा कुल संक्रमितको ९३.३३ प्रतिशत अर्थात ६ लाख ७७ हजार ३७७ जना संक्रमित निको भएका छन् भने १० हजार २१२ जना संक्रमतिको मृत्यु भइसकेको छ । कोरोना संक्रमणपछिको मृत्युदर १.५ प्रतिशत रहेको मन्त्रालयको तथ्यांक छ ।

हालसम्म ३७ लाख २९ हजार १०९ जनाको पिसीआर परीक्षण गरिएकोमा ७ लाख २५ हजार ७६९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तैगरी ३ लाख ८० हजार ५५ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ७२ हजार ८८२ जनामा संक्रमण देखिएको छ ।

कुल संक्रमितको ४०.०७ प्रतिशत अर्थात २ लाख ९० हजार ८०४ जना महिला र ५९.९३ प्रतिशत अर्थात ४ लाख ३४ हजार ९६५ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here