श्वेतपत्रमा कुनै आग्रह पूर्वाग्रह छैन, तथ्यांकमा जे छ त्यही प्रस्तुत गरेको हुँ : अर्थमन्त्री शर्मा

२८ साउन

अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रहको गन्ध नभेटिने दाबी गरेका छन् ।

बिहीबार राष्ट्रिय सभामा सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री शर्माले श्वेतपत्रमा कुनै आग्रह, पूर्वाग्रह नरहेको प्रष्ट पारेका हुन् । उनले तथ्यांकमा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको समेत बताए ।

‘मैले देशको वर्तमान आर्थिक अवस्थाको जानकारी भनेको छु, त्यसमा कुनै आग्रह, पूर्वाग्रह छैन । यसमा आर्थिक विकास र प्रगतिको के अवस्था छ, पूँजी निर्माण कसरी भइरहेको छ, ऋणको अवस्था के छ, सञ्चितिको अवस्था के छ, भन्ने विषय प्रस्तुत गर्नुपर्ने भएकोले मैले सोही बिषयहरु तथ्यांकमा जे छ त्यही प्रस्तुत गरेका छु’ उनले भने– कतै तथ्यांकमा फरक परेको रहेछ भने त्यसको जिम्मा लिन अर्थमन्त्रीको हैसियतले म तयार छु । कुनै आग्रह पूर्वाग्रहको गन्ध यसमा भेट्नुहुने छैन, भेट्नुभयो भने म फेरी पनि कठघरमा उभिन तयार छु ।’

अर्थमन्त्री शर्माले जिम्मेवार भएर लोकतन्त्रलाई स्वीकार गर्ने भएकोले संसदमा बजेट प्रस्तुत गरिएको र संसदले नै यसको निर्णय गर्ने बताए । उनले राष्ट्रिय गौरवका योजनाहरु निरन्तर रुपमा अघि बढिरहने बताउँदै उनले प्रदेश, पालिकाका अधिकार मिच्ने गरी गरिएका निर्णयमा सुधार गरिने बताएका छन् ।

उनले स्थानीय तहहरुलाई आपसमा जोड्ने सडक कालोपत्रेको काम प्रदेश सरकारले गर्ने बताए । ‘पालिकाहरुलाई जोड्ने सडक कालोपत्रे गर्ने योजना कहाँ गयो ? भनेर खोज्दा प्रदेशले सञ्चालन गर्नुपर्छ र संघले सञ्चालन गर्नुपर्छ भन्ने लडाइँको कारण फाइल रोकिएको रहेछ । बाटो बनिसक्ने समय अवधिसम्म त्यसलाई अगाडि नबढाइरहेको मैले पाएँ’ उनले भने ।

अघिल्लो सरकारले यस्ता सडक तीन तहको समन्वयमा सञ्चालन गर्ने योजना ल्याएको थियो । तर संघीय सरकार र प्रदेश कसले बजेट विनियोजन गर्ने भन्ने विवादका कारण यो योजना नै अलपत्र परेको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here