नेप्से दोहोरो अंकको बृद्धिसँगै रेकर्ड बनाएर साताको कारोवार बन्द

२८ साउन, काठमाडौं
शेयर बजार साताको अन्तिम कारोवार दिन बिहिबार पनि दोहोरो अंकले बढेर नयाँ रेकर्ड बनाउन सफल भएको छ ।

नेप्से परिसूचक आज १६.३२ अंकले बढेर ३१७८.९१ बिन्दुमा उक्लिएको छ । ‘क’ बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि ५.४६ अंकले बढेर ५९१.१७ बिन्दुमा पुगेको छ ।

परिसूचकसँगै कारोवार रकममा पनि तेजी आउनेक्रम जारी रह्यो । २२५ कम्पनीको १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजारको कारोवार भएको छ । ३ करोड ६६ लाख ८ हजार ४६१ कित्ता शेयर खरिदबीक्रि भए ।

विशेषगरी विकास बैंक समूहमा रौनकता देखिएको छ । यस्तै, उत्पादनमूलक र फाइनान्स समूहमा पनि तेजी आएको छ । आज सातवटा कम्पनीको भाउ सर्किट लागेर बढेको छ ।

कारोवार रकमका आधारमा अगाडी रहेको अपर तामाकोसिले ६२ करोड ७९ लाख रुपैयाँभन्दा बढीको खरिदबीक्रि गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here