उपत्यकामा आजदेखि बेलुकी ८ बजेपछि गाडी चलाउन नपाइने

२८ साउन, काठमाडौं

काठमाडौं उपत्यकामा बिहिबारदेखि निषेधाज्ञा थप कडा पारिएकाे छ । आजदेखि बेलुकी ८ बजेपछि गाडी चलाउन नपाइने भएको छ ।

कोरोना संक्रमण नियन्त्रणमा नआएको भन्दै तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेक निजी तथा सार्वजनिक सवारी संचालनमा रोक लगाउने भएका हुन् ।

अत्यावश्यक सेवा, ढुवानीका सवारी साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी तथा सार्वजनिक सवारी साधनहरु बेलुकी ८ बजेभित्र आफ्नो गन्तब्यमा पुगिसक्नु पर्नेछ । जिल्ला प्रशासन कार्यालयहरुले आजदेखि थप कडाइ गर्दै भदौ ८ गतेसम्म निषेधाज्ञा थप गरेका छन् ।

यस अवधिमा स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here