डब्ल्युएचओ कोरोनाविरुद्ध तीनवटा नयाँ औषधिको क्लिनिकल ट्रायल गर्दै

२८ साउन, काठमाडौं
विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोनाविरुद्धको उपचारमा प्रभावकारी औषधिको खोजीका क्रममा थप तीनवटा नयाँ औषधिको क्लिनिकल ट्रायल गर्ने घाेषणा गरेकाे छ ।

डब्ल्युएचओले १ सय ९४ सदस्य देशको सबैभन्दा ठूलो वैश्विक सहयोग कार्यक्रम ‘सोलिडारिटी प्लस’ कार्यक्रममार्फत् स्वतन्त्र विशेषज्ञहरुकाे प्यानलले छनाेट गरेका तीनवटा औषधिको क्लिनीकल ट्रायल गर्ने तयारी गरेकाे हाे ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रेयससले ५२ देशमा अस्पताल भर्ना भएका कोरोना संक्रमितहरुमाथि आर्टीसुनेट, इम्याटिनिब र इनफ्लिक्सिम्याब औषधिको क्लिनिकल ट्रायल गर्ने जानकारी गराएका छन् । घेब्रेयससले कोरोनाविरुद्धको उपचारका लागि अक्सिजन, डेक्सामेथासोन तथा आईएल–सिक्स पहिलेदेखि नै रहेको बताए ।

आर्टीसुनेट मलेरियाका गम्भीर बिरामीको उपचारका लागि प्रयोग हुँदै आएको छ भने इम्याटिनिब कुनै खास किसिमको क्यान्सरको उपचारका लागि प्रयोग हुने गरेको छ ।

यस्तैगरी इनफ्लिक्सिम्याब औषधि जोर्नीको दुखाई तथा रोग प्रतिरोधी क्षमता वृद्धिका साथै विभिन्न रोगको उपचारमा प्रयोग हुने गरेको डब्ल्यूएचओले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here