मनसुनी न्यून चापिय रेखाका कारण देशभरको मौसम बदली, तीन दिन भारी बर्षा हुने सम्भावना

२८ साउन, काठमाडौं

नेपालमा मनसुन थप सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।

मनसुनी न्युन चापीय रेखा नेपालतर्फ सरेका कारण देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहि अधिकांश स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ ।  प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका केहि स्थानमा अहिले हल्कादेखि मध्यम बर्षा भइरहेको महाशाखाले जनाएको छ ।

कर्णाली बाहेक ६ वटै प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याँग सहित भारी बर्षाको सम्भावना रहेको छ । आगामी शनिबारसम्म यी ठाउँहरुमा भारी बर्षा हुने महाशाखाको पूर्वानुमान छ । काठमाडौं उपत्यकामा पनि आज बेलुकीपख भारी बर्षा हुने महाशाखाले पुर्वानुमान गरेको छ ।

महाशाखाले कर्णालीबाहेक सबै प्रदेशमा भारी बर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भन्दै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here