हात्तिले आक्रमण गर्दा एकजनाको मृत्यु

२८ साउन, काठमाडौं
सुनसरीमा हात्तिको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ ।

कोशी गाउँपालिका–४ मा बिहान शौच गर्न गएका बेला जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ५५ वर्षीय रामेखङ खत्वेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गर्दा खत्वेको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here