आइटी आर्मीको प्रथम जिल्ला भेला सम्पन्न

निरज यादव/प्रदेशपालिका
२८ साउन, सर्लाही ।

सर्लाहीको ईश्वरपुरमा वधुवार एमाले नेता प्रभु साहले निर्माण गरेको आईटी आर्मीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ ।

आईटी आर्मीका केन्द्रीय संयोजक चन्द्रभुषण साहको अध्यक्षता तथा पूर्वमन्त्री एवं माओवादी केन्द्रबाट भर्खरै एमालेको केपी ओली समूहमा लागेका नेता प्रभु साहको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलामा पूर्व सभासद् कुन्दन कुशवाहा, आइटी आर्मीका सर्लाही जिल्ला संयोजक बलराम खड्का लगायतको आतिथ्यता रहेको थियो ।

भ्रष्टाचार र अन्य बेथितीको खबरदारी गर्ने अभियान अन्तर्गत भेला गरिएको नेता प्रभु साह निकटका नेताहरुले बताएका छन् ।

नेता साह ओली समूहकै भएपनि एमालेको ओली समूह सर्लाहीका अध्यक्ष राजनारायण साहले भने केही दिनअघि नै प्रेस विज्ञप्ती निकालेर वुधवारको भेला पार्टीको आधिकारिक कार्यक्रम नभएको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here