जीप दुर्घटनामा दुई जनाको मृत्यु

२७ साउन, काठमाडाैं

भीमदत्त राजमार्गअन्तर्गत कैलालीको भासुभीर सडक खण्डमा बुधबार साँझ जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

धनगढीबाट डोटीको गैरा जाँदै गरेको प्रदेश ३-०१-००२३ च ९०५९ नम्बरको जीप दुर्घटनामा परेको हो। मृत्यु हुनेमा कैलालीको चुरे गाउँपालिकाकी ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिकाका पाँच वर्षीया एलिसा खड्का रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचारका लागि पद्मा अस्पताल पुर्याउँदा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

उक्त जीप सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा जोरायल गाउँपालिकाका जीप चालक रमेश खड्का, आठ वर्षका बालक सुशील साउँद र निर्मला खड्का घाइते भएका छन् ।

बालकको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका लागि धनगढीको मयामेट्रो अस्पतालमा भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here