विराटनगरको रानीनाका खुल्यो

२७ साउन, काठमाडौं
विराटनगरको रानी नाका बुधबारदेखि खुला गरिएको छ । मोरङ जिल्ला प्रशासन कार्यालयले रानी नाकाबाट आवतजावत खुला गरेको हो ।

कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि लामो समय बन्द रहेको भारतको जोगबनी प्रवेश गर्ने रानीनाकाबाट लुकिछिपी आवातजावत गर्नेसँगै चोरबाटो प्रयोग गरेर अवैध कारोबार समेत बढेको थियो । विशेषगरी पैदल यात्रुका लागि रानीनाका खुला गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

नाकामा स्थापना गरिएको हेल्थ डेक्समा नेपाल प्रवेश गर्नुअघि प्रारम्भिक स्वास्थ्य परीक्षण गरिनेछ । यस्तैगरी नेपालतर्फ आउने र भारततर्फ जानेका लागि छुट्टाछुट्टै बाटो तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here