रामजानकी मन्दिरमा शालिग्राम स्थापना

२७ साउन, काठमाडौं
दुई नम्बर प्रदेशसभा सदस्य उपेन्द्र महतोले सर्लाहीको ईश्वरपुर नगरपालिका–९, खोरियाटोलमा रहेको रामजानकी मन्दिरमा शालिग्राम स्थापना गरेका छन् ।

प्रदेश सभा निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत ११ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण भएको रामजानकी मन्दिरमा सर्लाही क्षेत्र नं. १ (क)का प्रदेश सभा सदस्य महतोले शालिग्राम स्थापना गरेका हुन् । मन्दिरमा शालिग्राम स्थापना गर्नुअघि कलशयात्रा निकालिएको थियो ।

मन्दिर निर्माण समितिका अध्यक्ष किशोरी महतोको अनुसार मन्दिर प्रांगणबाट सुरू भएको कलश यात्रा पुनः मन्दिर प्रांगण आएर सम्पन्न भएको थियो । कलशयात्रा पश्चात प्रदेशसभा सदस्य महतोले साधुसंतको समेत उपस्थितीमा बिशेष पुजा गरेर शालिग्राम स्थापना गरेका हुन् ।

खोरियाटोलमा यसअघि कुनैपनि मन्दिर नुहँदा पुजाआरधाना गर्न टाढा जानु पर्ने अवस्था देखेपछि प्रदेश सांसद महतोले मन्दिर निर्माणको लागी रकम उपलब्ध गराएका थिए । उनलाई वडा सदस्य नागेन्द्र रायले टोलबासीको तर्फबाट बिषेश धन्यवाद दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here