सबै स्थानीय तहमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न संसदीय समितिको निर्देशन

२७ साउन, काठमाडौं
संसदको विकास तथा प्रविधि समितिले सबै स्थानीय तहमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार सिंहदरवारमा बसेको समितिको बैठकले सबै स्थानीय तहको वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्रहरुमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो ।

समितिकी सभापति कल्याणी खड्काले स्थानीय तहको आफ्नै समन्वयमा मुलुकको सुशासन र समृद्धिका लागि वडा तहसम्मै सूचना र प्रविधिको सुनिश्चित हुने गरी काम गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिइन् ।

समितिले सूचना तथा प्रविधिको उपयोगलाई बढी विश्वसनीय र सुरक्षित रुपमा अघि बढाउन आवश्यक कार्ययोजना ल्याउन पनि सरकारको ध्यानाकर्षण गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here