खोप किन्न एडीबीसँग साढे १९ अर्बकाे ऋण सम्झौता

२७ साउन, काठमाडौं
एशियाली विकास वैंक एडीबीले कोरोना भाइरसविरुद्धको खोप किन्न नेपाल सरकारलाई १९ अर्ब ५८ करोड ऋण दिने भएको छ ।

सरकारले १ करोड ५९ लाख डोज खोप किन्ने योजना सहित एशियाली विकास बैंक (एडीबी) सँग ऋण सम्झौता गरेको छ । सम्झौतामा अर्थसचिव मधुकुमार मरासिनी र एशियाली विकास बैंकका कन्ट्री डाइरेक्टर आनो कुस्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हस्ताक्षर कार्यक्रममा अर्थसचिव मरासिनीले नेपाललाई सुरक्षित र प्रभावकारी खोपको उपलब्धताको सुनिश्चितताको लागि एशियाली विकास बैंकको यो सहायता महत्वपूर्ण हुने बताए ।

एडीबीका कन्ट्री डाइरेक्टर कुस्वाले ऋण सहायताले कोभिड–१९ बाट नागरिकको जीवन रक्ष ागर्नका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here