कोरोनाले थप ३० जनाको मृत्यु, २४ घण्टामा ३ हजार ४८१ जना संक्रमित

२७ साउन, काठमाडौं
कोरोना भाइरसको संक्रमणका कारण थप ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।

यस अवधिमा थप ३ हजार ४८१ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । १० हजार ९०७ पीसीआर परीक्षणमा २ हजार ६१६ र तथा ५ हजार ७४९ जनामा एन्टिजेन परीक्षण गर्दा ८६५ जनामा संक्रमण देखिएको हो । आज थपिएकामध्ये काठमाडौं उपत्यकाका ९६४ छन् ।

यससँगै देशभर हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ लाख २३ हजार २९६ पुगेको छ । तिमध्ये ६ लाख ७५ हजार ८३ जना निको भएका मन्त्रालयको तथ्यांक छ । थप १ हजार ८८५ जना निको भएका छन् । १० हजार १८० जना संक्रमितले भने ज्यान गुमाएका छन् ।

नेपालमा संक्रमणपश्चात कुल मृतकको १.४१ प्रतिशत संक्रमितको मृत्यु भइरहेको छ । ९३.३३ प्रतिशत निको भएका छन् । हालसम्म संक्रमति भएकामध्ये ५.२६ प्रतिशत अर्थात ३८ हजार ३३ जना सकृय संक्रमित छन् ।

सकृय संक्रमितमध्ये गम्भिर अवस्थाका ७९६ जना आईसीयू र १८४ जना भेन्टिलेटरमा उपचाररत् रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here