नेप्से परिसूचक झिनो अंकले बृद्धि, १५ अर्ब ४५ करोडको कारोवार

२७ साउन, काठमाडौं
शेयर बजार बुधबार झिनो अंकले बृद्धि भएको छ । ०.९४ अंकले बढेर नेप्से परिसूचक ३१६२.४१ बिन्दुमा उक्लिएको छ । नेप्से परिसूचक अहिलेसम्मकै उच्च बिन्दुमा छ ।

‘क’ बर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.३८ अंकले घटेर ५८५.६२ को विन्दुमा अड्डीएको छ । बजारमा आज करिब साढे १५ अर्ब रुपैयाँको कारोवार भएको छ । २३० कम्पनीका २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता शेयर किनबेच हुंदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजारको कारोवार भएको छ ।

कारोवारमा सुचिकृत १३ उपसमूहगत सुचकमध्ये ५ वटामात्रै बढेका छन् । आज जलविद्युत समूह सर्वाधिक १४४ अंक अर्थात ३.९२ प्रतिशतले उकालो लागेको छ । होटेल तथा पर्यटन समूह २.७८, निर्जीवन बीमा ०.३ प्रतिशत, लघुवित्त ०.१४ प्रतिशत र जीवन बीमा समूहमा ०.०६ प्रतिशतले बढेको छ । व्यापार समूह १.२५ प्रतिशतले रातो भएको छ ।

कारोवारमा अगाडी रहेको अपर तामाकोशीको ६८ करोड ३० लाख ७१ हजारको कारोवार भएको छ । यस्तैगरी अरुण भ्याली हाइड्रोपावरको ५७ करोड ३७ लाख ७० हजारको कारोवार भएको छ । अरुण काबेली पावरको ५६ करोड १२ लाख ९३ हजारको कारोबार भएको छ ।

बुधबार आठवटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ । आईसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर, रुरु जलविद्युत, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ ।

यस्तै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट ९.९९, अरुण काबेली पावर ९.७८ र नेपाल हाइड्रोको सेयरमूल्यमा ९.७१ प्रतिशतको वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो । यस्तैगरी राईराङ हाइड्रोपावरको सेयरमूल्य ९.३९ प्रतिशतले बढ्यो ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here