लुम्बिनी प्रदेशसभाको अधिवेशन स्थगित

२७ साउन, काठमाडौं
लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन स्थगित भएको छ । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि शुरु भएको लुम्बिनी प्रदेशसभाको बैठक दुई मिनेट बसेर स्थगित भएको हो ।

बुधबार दिउँसो १ बजे शुरु भएको विशेष अधिवेशनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले अविश्वास प्रस्तावमाथि बोलेका थिए । पहिलो बैठकमा अविश्वासको प्रस्ताव पेश भएपनि जवाफ दिन मुख्यमन्त्री अनुपस्थित भएपछि सभामुख पूर्णबहादुर घर्तीले बैठक एक घण्टाका लागि स्थगित गरेका थिए ।

प्रदेशसभाको अधिवेशन चलिरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । अधिवेशनको दोस्रो बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मुख्यमन्त्रीको राजीनामासम्बन्धी पत्र पढेर सुनाएपछि सभामुख घर्तीले बैठक पुनः स्थगित भएको घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here