लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

२७ साउन, काठमाडौं
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत गरिएको छ । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत गरेका हुन् ।

आफूविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशनको बैठक चलिरहेका बेला पोखरेलले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका थिए ।

प्रदेश प्रमुख शेरचनले उनको राजीनामा स्वीकृत गर्दै अर्को प्रदेश मन्त्रिपरिषद गठन नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई नै कार्यभार बहन गर्ने गरी तोकेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here