पदभार ग्रहण गर्दै घिसिङले भने- दोस्रो कार्यकाल ठुलो चुनौति

२७ साउन, काठमाडौं
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् ।

दोस्रो कार्यकालका लागि फेरि प्राधिकरणमा आएका उनले आफूमाथि ठुलो चुनौती भएको बताएका छन् । पदभार ग्रहण गरेपछि घिसिङले गठबन्धन सरकारले आफूलाई अवसर दिएको समेत बताएका छन् ।

‘सरकारको सहयोगले फेरि प्राधिकरणमा फर्किएको छु । प्रधानमन्त्री, उर्जामन्त्री लगायतको पहलमा म यहाँ आइपुगेको छु, घिसिङले भने–‘अहिले दोस्रो कार्यकाल यहाँ आएको छु मेरो जीवनमा यो भन्दा ठुलो चुनौती अरु हुँदैन । त्यसका लागि नयाँ टीम, नयाँ जोस र जागरका साथ अगाडि बढ्नुपर्छ ।’

घिसिङले निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अघि बढाएका राम्रा कामलाई निरन्तरता दिइने भन्दै घिसिङले कमीकमजोरी सच्चाएर अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । ‘कसैको विरोध गर्ने भन्दा पनि विद्युत प्राधिकरणलाई कसरी अगाडि बढाउने भन्नेमा ध्यान दिन्छौं’ उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here