रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले दिए राजीनामा

२७ साउन, काठमाडौं
नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु प्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा राजीनामा बुझाएका छन् ।

वर्तमान सरकार देश र जनताप्रति गैरजिम्मेवार, प्रतिशोधपूर्ण अराजनीतिक ढंगले स्थापित भएको आरोप लगाउँदै भट्टराइले विकास विरोधी तथा जनविरोधी सरकार अन्तर्गत रहेर आफूले पदीय जिम्मेवारी निभाउन नसक्ने भएकाले राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

वर्तमान सरकारले कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै उनलाई स्पष्टीकरण सोधेको थियो । उनले भने राजनीतिक रुपमा स्पष्टीकरण सोधिएको बताउंदै आएका थिए ।

आफूलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्वद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ती तथा मनोनयन सम्बन्धी मापदण्ड २०७७ को दफा ९ खण्ड (घ) मा व्यवस्था नै नभएको विषयमा आरोप लगाएर स्पष्टीकरणको नाटक मञ्चन गरिएको भट्टराईको आरोप छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here