प्राधिकरणको प्रमुखमा फेरि घिसिङ

२७ साउन, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारीको प्रमुखमा फेरि कुलमान घिसिङ नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि उनको नियुक्तिका लागि प्रक्रिया थालिएको थियो ।

घिसिङ नियुक्त भएको औपचारिक जानकारी उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुधबार दिइएको छ । आजै उनलाई नियुक्तिपत्र दिने तयारी रहेको मन्त्रालय स्रोतले जनाएको छ ।

घिसिङको कार्यकाल २०७७ भदौमा समाप्त भएको थियो । त्यसपछि उनको स्थानमा तत्कालीन केपी शर्मा ओलीको सरकारले हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको थियो ।

नेपालमा दैनिक घन्टौँ हुने लोडसेडिङ हटाउन घिसिङको भूमिकाको चौतर्फि प्रशंसा हुने गरेको थियो । शाक्यलाई भने सरकारले जल तथा उर्जा आयोगमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here