ग्रीसको इभियामा भिषण डढेलो, आगो नियन्त्रण बाहिर

२६ साउन, एजेन्सी
ग्रीसको इभिया टापुको जङ्गलमा लागेको भिषण डढेलो लागेको छ। आगो निभाउनका लागि अग्निनियन्त्रकहरु दिनरात खटिए पनि सफल हुन सकेका छैनन्।

इभिया टापुमा एक सातादेखि भिषण आगलागी भइरहेको छ । फैलँदो डढेलोका कारण हजारौं स्थानीयबासी नराम्रोसँग प्रभावित भएका छन् ।

ग्रीसको सरकारी टेलिभिजन टिभी अर्टले प्रशारण गरेका फुटेजहरु निकै भयानक र मार्मिक देखिएका छन् । यी फुटेजमा अग्निनियन्त्रकहरु र स्वयंसेवीहरु इस्टानिया शहर नजिकैको एउटा ठूलो रुखको आड लिएर निरन्तर आगो निभाउने कार्यमा खटिएको देखाइएको छ ।

डढेलो निरन्तर अघि बढेको भन्दै स्थानीय अधिकारीहरुले एभ्गारिया गाउँका बासिन्दालाई अन्यत्र जान आग्रह गरेको छ । तर धेरैजसो स्थानीयबासी अटेर गरी आफ्नै घरमा बस्न जिद्दी गरिरहेको एक स्थानीय अधिकारीलाई उधृत गर्दै अन्तराष्ट्रिय संचारमाध्यामले जनाएका छन्।

मध्य ग्रीसका गभर्नर फानिस स्पानोसले धेरैजसो गाउँबासीहरु अन्यत्र स्थानान्तरित हुन इच्छुक भए पनि केहीले आगो निभाउने कार्यमा सेवा गरिरहेको बताउनुभयो ।

स्पानोसले स्थानीयबासीको सहयोगका कारण धेरै गाउँ डढ्नबाट जोगिएको बताउनुभयो ।

डढेलोका कारण इभिया, अथेन्स र ग्रीसका अन्य भागका सयौं घर ध्वस्त भइसकेका छन् । गत जुलाईको अन्त्यदेखि शुरु भएको डढेलो रोकिने अझै सम्भावना देखिएको छैन ।

आगोबाट बच्न हजारौं मानिस अन्यत्र पलायन भएका छन् ।

सोमबार, आगो निभाउने कार्यमा सरकारले पर्याप्त ध्यान नदिएको भन्ने विपक्षीको आलोचनाबीच प्रधानमन्त्री किरियाकोस मिचोटाकिसले राष्ट्रका सामु क्षमा माग्दै जिम्मेवार व्यक्तिलाई दण्ड दिइने बताएका छन्।

ग्रीसका सरकारी अधिकारीहरुका आगो नियन्त्रणमा लिनका लागि ६ सय ५० जना अग्निनियन्त्रकहरु परिचालित छन्।

ग्रीसका अधिकारीहरुले विषम् तापमानका निम्ति जलवायू परिवर्तन मुख्य कारक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here