प्रदेश लोक सेवा आयोगको अधिकृत सातौँ तहको दरखास्त रोकियो

२६ साउन, काठमाडौं
प्रदेश –२ सरकारको प्रदेश लोक सेवा आयोगले अधिकृत सातौँ तहको दरखास्त स्थगित गरेको छ ।

आयोगको असार ३१ गते प्रकाशित विज्ञापन मध्ये प्रशासन सेवा, सामान्य प्रशासन समूहको अधिकृत सातौँ तहको रिक्त पदपूर्तिका लागि प्रकाशित बढुवा सूचना नं ८०र०७७–०७८ को विज्ञापनमा दरखास्त संकलन कार्य स्थगन गरिएको हो ।

सर्वोच्च अदालतबाट साउन २० मा भएको अल्पकालीन अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको मंगलबारको निर्णयबाट बढुवा सूचनामा दरखास्त लिने समेतका सम्पूर्ण प्रक्रिया अर्को आदेश नभएसम्मका लागि स्थगन भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here