सिनेमा घर बनाउंदै दिपक-दीपा

२६ साउन, काठमाडौं
हास्य कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला चलचित्र निर्माणपछि अब सिनेमा हल खोल्ने तयारीमा जुटेका छन् । उनीहरु आगामी चैतसम्म सम्पन्न गर्नेगरी हल निर्माणको काममा जुटेका छन् ।

दीपक–दीपाले नयाँ बानेश्वरस्थित शंखमुल रोडमा चारसय सिट क्षमताका सिनेमा हल निर्माण गरिरहेका हुन् । दुईवटा स्क्रिन रहने सिनेमा हल निर्माणमा झण्डै ९ करोडको लगानी लाग्ने दीपक दीपाको अनुमान छ । निर्माणाधीन सिनेमा हलमा दीपक दीपा तथा छक्कापञ्जा ग्रुपको लगानी रहेको बताइएको छ ।

दिपक दीपाले पुरानै योजना अनुसार हल निर्माण गरिरहेको बताएका छन् । कोभिड–१९ महामारीका कारण अहिले सिनेमा हलहरु बन्द अवस्थामा छन् । कोरोना महामारीपछि अत्यन्तै प्रभावित क्षेत्रमध्ये सिनेमा पनि पर्छ । यद्धपी अवस्था सहज भएको खण्डमा निर्माणाधीन हल आगामी चैतबाट सञ्चालनमा आउने लगानीकर्ताको विश्वास छ ।

हास्य टेलीश्रृँखला तितो सत्यबाट चर्चामा आएको कलाकारद्धय दिपक र दीपाश्रीको जोडीले निर्माण गरेका चलचित्रहरु वडा नम्बर ६, छक्का पञ्जाका तीनवटै सिरिजहरु हिट भएका छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here