प्रदेश एकमा आवश्यक रसायनिक मलको मौज्दात

२६ साउन, काठमाडौं
कृषि सामग्री कम्पनी लिमिटेड कार्यालय विराटनगरले प्रदेश नं १ का लागि आवश्यक रासायनिक मलको मौज्दात रहेको जनाएको छ ।

प्रदेशमा अझै पनि रासायनिक मल युरिया, डिएपी र पोटास मौज्दातमा रहेको कार्यालयले जनाएको छ । अहिले युरिया पाँच हजार ५०६ मेट्रिक टन, डिएपी ६४६ मेट्रिक टन र पोटास ७२ मेट्रिक टन मौज्दातमा रहेको कार्यालयका प्रमुख नवरत्न गौतमले जानकारी दिए ।

केही दिनभित्रै एक हजार ५०० मेट्रिक टन थप युरिया आउने भएकाले किसानलाई वर्षे धान बालीका लागि चाहिने मलको अभाव नरहने उनको भनाई छ ।

यस्तै साल्ट ट्रेडिङ कम्पनी विराटनगरमा युरिया १८ हजार ५६२ बोरा, डिएपी १५ हजार २०६ बोरा र पोटास एक हजार ९६४ बोरा मौज्दात रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here