प्रदेश सभा सदस्य महतोद्वारा सामुदायिक भवनको उद्घाटन

२६ साउन, काठमाडौं
सर्लाहीको ईश्वरपुर नगरपालिका–८ स्थित खाल्टो बजारमा निर्मित सामुदायिक भवनको मंगलबार उद्घाटन गरिएको छ । सामुदायिक भवनको सर्लाही क्षेत्र नं. १ (क)का प्रदेश सभा सदस्य उपेन्द्र महतोले उद्घाटन गरेका छन् ।

भवनको रेखदेखको जिम्मा पाएको शुभ लक्ष्मी युवा क्लवका अध्यक्ष रामकरण चौधरीको अध्यक्षता तथा प्रदेश सांसद महतोको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश सांसद महतो र भवन निर्माण समितिका अध्यक्ष बृजनन्दन राउतलाई सम्मान गरिएको थियो ।

प्रदेश सभा निर्वाचन क्षेत्र बिकास कार्यक्रम अन्तर्गत १८ लाख रुपैयाँको लागतमा निर्माण भएको सामुदायिक भवनमा बैठक, छलफल, अन्तरकृया लगायतका सामाजिक काममा प्रयोग गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here