झण्डै पाँच हजार संक्रमित थपिए, ७६१ जना आइसीयू, १७६ जना भेन्टिलेटरमा उपचाररत

२६ साउन, काठमाडौं
नेपालमा एकैदिन झण्डै ५ हजार कोरोना संक्रमति थपिएका छन् ।

गत २४ घण्टामा देशभर १९ हजार १२३ वटा नमूना परीक्षण गर्दा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणमा उल्लेख छ ।

आज थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको मन्त्रालयको तथ्यांक छ । आज २ हजार ११५ जना संक्रमित निको भएका छन् ।

देशभर हाल ३७ हजार ३३२ जना सकृय संक्रमित छन् । सकृय संक्रमितमध्ये गम्भिर अवस्थाका ७६१ जनाको आइसीयूमा उपचार चलिरहेको छ । १७६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here