आन्तरिक राजस्व विभागको स्टिकर सहित ५ जना पक्राउ

२६ साउन, काठमाडौं
कैलाली प्रहरीले गौरीगंगा नगरपालिका–७ बाट आन्तरिक राजस्व बिभाग लेखिएको स्टिकर सहित ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत लखिमपुर खिरी ग्राम पञ्चायत बरौठा बस्ने १९ वर्षीय संजित कुमार, सोही ठाउँ बस्ने २० वर्षीय रिङ्कु कुमार, २२ वर्षीय सुरेश कुमार, रौतहट गरुडा नगरपालिका–१ जयनगर बस्ने ४० वर्षीय राज कुमार शाह र पर्सा वीरगंज नगरपालिका–१३ घन्टाघर बस्ने ५५ वर्षीय विजय गुप्ता रहेका छन् ।

उनीहरुलाई ७७ रोल अर्थात २ लाख ८८ हजार ६ सय ७४ वटा स्टीकर, ७० यूपी ३०० एमएल लेखिएको छाप ३ थान,स्ट्याम प्याड ३ थान र मसी सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here