२६ साउन, काठमाडौं
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका नेतालाई शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्री बनाएपनि कुनै फरक नपर्ने बताएका छन् ।
उनले सत्तारुढ गठबन्धनमा आवद्ध एमालेका नेता मन्त्री बन्न अति नै लालायित भएको भन्दै तिनलाई मन्त्री बनाइदिन प्रधानमन्त्री देउवालाई आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष ओलीले उनीहरुलाई पछि लगाइसकेपछि मन्त्री बनाइदिन भन्दै देउवालाई व्यंग्यात्मक अनुरोध गरे ।
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुप्रति लक्षित गर्दै ओलीले देउवालाई भने– ‘सम्माननीय प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही मान्छेहरु पाउँला र खाउँला भनेर तपाईको पछि कुदेका छन् । तिनीहरुलाई मन्त्री दिनुस् न ! किन बिलम्ब गर्नुभएको ? हिरिक हिरिक भएका छन् विचराहरु !’
रोष्ट्रमबाट देउवालाई हात जोड्दै ओलीले भने, ‘पछि त लगाइसक्नुभो, पछिपछि हिँड्याछन् फ्याँ–फ्याँ, स्वाँ–स्वाँ गर्याछन् । मन्त्री खान पाउँ भन्याँछन् । मन्त्री दिनुस् । मेरो दलमा अलिकति घाटा भए पनि सहुँला बुझाउँला ।’
एमालेका २२ सांसदले फ्लोर क्रस गर्दै प्रधानमन्त्री देउवालाई संसदमा विश्वासको मत दिएका थिए ।