आर्थिक श्वेतपत्र : देशको सञ्चित कोष १ खर्ब ४३ अर्बले घाटामा

२६ साउन, काठमाडौं
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक श्वेतपत्र जारी गर्दै देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको बताएका छन् ।

प्रतिनिधिसभामा स्वेतपत्र जारी गर्दै उनले २०७४ सालमा तत्कालीन सरकारले आर्थिक स्वेतपत्र जारी गर्दा ४३ अर्बले घाटामा रहेको सञ्चित कोष आर्थिक वर्ष २०७६/७७ मा २ खर्ब १६ मात्र पुगेको बताएका हुन् ।

‘आर्थिक वर्ष २०७७/७८ को अन्त्यमा बचत हुन जान सक्ने देखिएको ७३ अर्बमध्ये सम्पूर्ण रकम सञ्चित घाटा घटाउनमा उपयोग गर्ने हो भने पनि कोष रु १ खर्ब ४३ अर्बले घाटामा रहने देखिन्छ । यसबाट बजेट योजना, वित्तीय उत्तरदायित्व र स्रोतको परिचालनमा विचलन आएको देखिन्छ’ श्वेतपत्रमा भनिएको छ ।

अर्थमन्त्री शर्माले स्रोतसँग मेल नखानेगरी प्रचारात्मक ढंगले बजेटको आधार वृद्धि हुँदै आएको बताएका छन् । यसअघिको सरकारले बजेटभन्दा बाहिर गएर सडकका लागि ३ खर्ब र रेलमार्गका लागि ५७ अर्ब बजेटको स्रोत सुनिश्चित गरेको स्वेतपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here