नेप्से ५१ अंकले बढ्यो, १७ अर्बको कारोवार

२६ साउन, काठमाडौं
शेयर बजारमा आज फेरी नयाँ रेकर्ड कायम भएको छ । नेप्से परिसूचक ५१.९७ अंकको बृद्धिसँगै ३ हजार १ सय ६१.५६ बिन्दुमा उक्लिएको छ । बजार समग्रमा १.६७ प्रतिशतले बढेको हो ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२.०९ अंकले वृद्धि हुंदै ५८८.०५ बिन्दुमा पुगेको छ । परिसूचकसँगै कारोवार रकममा पनि उत्साहजनक बृद्धि भएको छ । २२५ कम्पनीको १७ अर्बमाथिको कारोवार भएको छ ।

३ करोड ३५ लाख ३५ हजार २१३ कित्ता शेयर किनबेच हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार बढीको कारोवार भएको छ । सोमबार १४ अर्ब ३० करोडको कारोवार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here