काठमाडौं उपत्यकामा निषेधाज्ञा भदाै ८ सम्मलाई थप

२६ साउन, काठमाडौं
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गर्दै कडा पारिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन २८ गतेदेखि भदौ ८ गतेसम्म लागु हुनेगरी निषेधाज्ञा थप गरिएको जनाएको छ । यस अवधिमा अत्यावश्यकबाहेक निजी र सार्वजनिक सवारीसाधन आवागमनमा कडाई गरिएको छ ।

स्थानीय ढुवानी बिहान ९ देखि ११ बजेसम्म र अपराह्न ४ देखि ७ बजेसम्म गरिसक्नुपर्नेछ । अत्यावश्यक बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधनहरु बेलुका ८ बजेभित्र आफ्नो गन्तव्यमा पुगिसक्नुपर्नेछ । निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाइनेछ ।

सफा टेम्पो तथा निलो माइक्रोले कुल ९ जना यात्रुभन्दा बढी राख्न पाउनेछैनन् भने सवारीको मध्य भागमा दुईतर्फी यात्रुहरु छुट्याउने गरी प्लास्टिकको छेकबार लगाउनुपर्नेछ ।

परीक्षा हलमा २५ जनाभन्दा बढी मानिस जम्मा नहुनेगरी मात्र परीक्षा संचालन गनुपर्ने प्रशासन कार्यालयले जनाएको छ । यसअघि जारी निषेधाज्ञा साउन अन्तिममा सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here