असाधारण जनमतसहित फेरी सत्तामा आइन्छ : केपी ओली

२६ साउन, काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले साधारण जनमत सहित फेरी सत्तामा प्रवेश गर्ने बताएका छन् ।

आफू विभिन्न पार्टीका कुण्ठा, जलन र ईष्र्याबाट नभई जनमतबाट प्रधानमन्त्री निर्वाचित भएको बताउंदै उनले आफ्नो काम हेरेर जनताले मत दिएर बनाएको जिकिर गरेका छन् । ‘म विभिन्न पार्टीका नेताहरुको ईष्र्या, जलन कुण्ठाले प्रधानमन्त्री भएको होइन । फेरि पनि असाधारण जनमत सहित प्रवेश गर्छु, जालझेलबाट होइन ।’

उनले अपवित्र गठबन्धन गरेर आफूलाई प्रधानमन्त्री पदबाट हटाएको समेत बताएका छन् । ओली गत असार २८ गते संसद पुनस्र्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश दिएसँगै प्रधानमन्त्री पदबाट हटेका थिए ।

उनले प्रधानमन्त्री पद गुमेकोमा आफूलाई कुनै चिन्ता नलागेको समेत जिकिर गरे । प्रधानमन्त्री शेरबहादुर देउवाप्रति लक्षित गर्दै ओलीले आफ्नो मागमा उछिट्टिएर प्रधानमन्त्री नआएको बताए ।  ‘राम्रो ग्रहदशाले मलाई प्रधानमन्त्री बनाएको होइन । उछिट्टिएकार मेरो भागमा प्रधानमन्त्री आएको होइन । म जाली मुद्धा जितेर परमादेशबाट पनि भएको होईन, जनादेशबाट भएको हो’ उनले भने ।

प्रतिस्पर्धात्मक लोकतान्त्रिक प्रणालीको नभएर अलोकतान्त्रिक गठबन्धनतर्फ देश जान थालेको बताउंदै ओलीले प्रधानमन्त्री देउवाले एक महिना खेर फालि सकेकाले अझै १४/१५ महिना बधाई र शुभकामनाको लहर चल्ने भन्दै व्यंग्य गरे । ‘प्रतिपक्षलाई गाली गरेर नबस्नुहोस् । तपाईंहरुको कार्यकाल भोटोको फेर समातेर नाच्दानाच्दै सकिने भयो’ ओलीले भने ।

 

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here