आज श्वेतपत्र सार्वजनिक गर्ने अर्थमन्त्रीको तयारी

२६ साउन, काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधि सभामा श्वेतपत्र सार्वजनिक गर्ने भएका छन् । उनले श्वेतपत्र नभनी यसलाई ‘अर्थतन्त्रको यथार्थपत्र’ नाम दिएका छन् ।

उनले मंगलबार प्रतिनिधिसभामा यथार्थपत्र नाम दिइएको श्वेतपत्र सार्वजनिक गर्ने उनको सचिवालय स्रोतको भनाइ छ ।

उक्त यथार्थपत्रमा देशको वर्तमान आर्थिक अवस्थाबारे उल्लेख गरिने जनाइएको छ । कोभिडअघि र पछिको अर्थतन्त्रको अवस्था, यस अघिको सरकारको बेलामा रहेको आर्थिक अवस्था, चुनौती, आगामी योजनालगायतका विषयमा विस्तृतमा उक्त यथार्थपत्रमा प्रष्ट पारिनेछ ।

अर्थतन्त्रको बृहत्तर परिसूचकको अवस्था तथा चुनौतीलाई समेटेर ‘वर्तमान आर्थिक अवस्थाको जानकारीपत्र’ तयार गरिएको अर्थमन्त्रीको सचिवालयको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

Please enter your comment!
Please enter your name here